हामी बारेमा

आजको बजारमा अन्तर्राष्ट्रियकरण र विश्वव्यापीकरणको लागि सबैभन्दा ठूलो अवरोध नै भाषा हो । ट्रान्सग्लोब ट्रान्सलेशन सर्भीस एउटा अनुवाद कम्पनी हो जसले आफ्नो ग्राहकहरूलाई सञ्चार र बुझाईको क्षेत्रमा भएका कठिनाइहरूलाई समाधान गर्नमा मद्दत पुर्याउँछ ।
*

हामी हाम्रा ग्राहकहरूको लागि प्रतिस्पर्धात्मक मूल्य उपलब्ध गराउँदै विशिष्ट गुणस्तरको सेवा दिनमा वचनबद्ध रहेका छौ । हाम्रा अनुवादकहरूले विभिन्न व्यापारिक र वित्तीय, सूचना प्रविधि, वायो टेक्नोलोजी, ईलेक्ट्रोनिक्स, फर्मास्युटिकल इत्यादि जस्ता प्राविधिक क्षेत्रहरूमा विद्यावारिधि, एम ए र एम एस जस्ता उच्च डिग्री हासिल गरेका छन् । हामी तपाईँका गुणस्तरहरूलाई कायम राख्न र तपाईँको प्रोजेक्टको सफलतालाई निश्चित गर्नको लागि प्रत्येक क्षेत्रमा सबै भन्दा असल रूपमा योग्य र सबैभन्दा अद्यावधिक विशेषज्ञहरू छनौट गर्छौ ।

 
*

सक्षम प्रोजेक्ट संयोजन र भरोसा युक्त आन्तरिक गुणस्तरलाई हामी हामीले उपलब्ध गराउने अनुवाद सेवाको अति आवश्यक तत्वको रूपमा लिन्छौ । हाम्रो प्रोजेक्ट मेनेजरहरूले अनुवादको समय तालिकालाई अनुशरण गरेको निश्चित गर्छन् र अनुवादक र ग्राहकहरूसँग सम्पर्क पनि गर्छन् । वास्तविक अनुवाद सेवा अनुवादक, प्रुफरिडर र प्रोजेक्ट मेनेजरहरू बीचको परस्परको अखण्ड सहयोगको परिणाम हो । जतिसुकै लामो भए पनि सबै विषय वस्तुहरूलाई एकै प्रकारको व्यावसायिक सीप र विषय वस्तुको गहन तथा ध्यान पूर्वकको अध्ययनका साथ अनुवाद गरिन्छन् ।